सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

२७ करोड लागतमा तयार भयो संखुवासभा अस्पतालको ५० शय्याको नयाँ सुविधासम्पन्न भवन

images
सोमबार, असार ९ २०८२
images
images
२७ करोड लागतमा तयार भयो संखुवासभा अस्पतालको ५० शय्याको नयाँ सुविधासम्पन्न भवन

अस्पतालमा दैनिक तीनसयभन्दा बढी सेवाग्राही उपचारका लागि आउँछन्।

images
images

किमाथांका- संखुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो।

images
images
images

अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभी सुनसरीसँग ठेक्का सम्झौता भएको थियो। अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ।

images
images

भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए। पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने उनको भनाइ छ।

images
images
images

अस्पताल भवन भ्याटसहित करिब २७ करोड २७ लाख ८० हजार सातसय २३ रूपैयाँमा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए।

भवन हस्तान्तरण भएपछि संखुवासभा अस्पतालका तीनवटा सुविधासम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताए। जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन्। जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन्।

जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापि लगायतका सेवा सञ्चालनमा छन्। यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहुँदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भुइँमा बिरामीको उपचार भइरहेको थियो।

उक्त भवन म्याद थप गरेर हस्तान्तरण गरिएको हो। अस्पतालमा दैनिक तीनसयभन्दा बढी सेवाग्राही उपचारका लागि आउँछन्। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend