सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

images
सोमबार, असार ९ २०८२
images
images
चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्जले  सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ। निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो।

images
images
images

निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो। सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ। हात्तीद्वारा पट्रोलिङ बढाइएको छ।

images
images

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३०  स्पाई  क्यामेरा जडान गरिएको उनले बताए। यी क्यामेरा गोप्य रूपमा राखिएको छ। यसबाट निकुञ्जभित्र हुने चोरी सिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ।

images
images
images

संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ। निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ।  निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उनले बताए। टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ।

यो टोली तीन महिना बस्नेछ। मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरी सिकारी बढ्ने जोखिम बढी हुन्छ। चोरीसिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend