सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

images
सोमबार, असार ९ २०८२
images
images
चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरिएको हो।

images
images

म्याग्दी- रघुगंगा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ।

images
images
images

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो। तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए। अबको १५ दिनमा परीक्षण सकिने उनले बताए।

images
images

रघुगंगा गाउँपालिका-८ बन्दीमा बाँध र नजिकै एकसय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ। बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा-७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए।

images
images
images

विद्युतगृहबाट सुरुङको आउटलेटको उचाइ तीनसय ६० मिटर छ। विसं २०७७ मङ्सिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो। चार ठाउँबाट सुरुङ खनिएको थियो।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। विद्युतगृहबाट रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ।

प्रसारण लाइनका ४९ वटा टावर रहेका छन्। आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ। चिमखोला-मंगले-राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रूपैयाँ रहेको छ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ। चिमखोला-मंगले-राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो। राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन्। रासस


प्रकाशित : सोमबार, असार ९ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend