बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

वेगनास लेक फ्रन्ट रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट

आइतबार, असार ८ २०८२
वेगनास लेक फ्रन्ट रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट

वेगनास रेष्टुरेन्टको खाना र आवास सुविधामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीसँगै कर्मचारीका परिवारले समेत १० प्रतिशतसम्म छुट पाउनेछन्।

काठमाडौं- पोखरामा रहेको वेगनास लेक फ्रन्ट रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट मिल्ने भएको छ।

उक्त रेष्टुरेन्ट र बैंकबीच भएको छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल र रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार वेगनास रेष्टुरेन्टको खाना र आवास सुविधामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीसँगै कर्मचारीका परिवारले समेत १० प्रतिशतसम्म छुट पाउनेछन्।

देशभर ३११ वटा शाखा कार्यालय रहेको प्रभु बैंकले २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको जनाएको छ।


प्रकाशित : आइतबार, असार ८ २०८२१५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend