बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, असार ८ २०८२
तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २ सय रूपैयाँ तोकिएको छ।

गएको शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। 

गत शुक्रबार प्रतितोला दुई हजार एकसय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला दुई हजार एकसय ६० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


प्रकाशित : आइतबार, असार ८ २०८२११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend