आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

मकैमा फौजी कीराको समस्याले किसान चिन्तित

images
आइतबार, असार ८ २०८२
images
images
मकैमा फौजी कीराको समस्याले किसान चिन्तित

पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ।

images
images

बैतडी- यहाँको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ।

images
images
images

उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए। केन्द्रले  यसअघि  नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ। हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ। कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार-७ का दीपेन्द्र कार्कीले बताए।

images
images

‘फौजी कीराले मकैबाली सखाप पारेको छ, उत्पादनमै कमी हुने देखिन्छ’ उनले भने। लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो। दिनभरि बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताउँछन्।

images
images
images

उनी भन्छन्, ‘फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ। पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend