बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनचाँदी दुवैको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ६ २०८२
सुनचाँदी दुवैको मूल्य घट्यो

चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- विगत केही दिनदेखि वृद्धि भएको सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ सय र चाँदी २५ रुपयाँले घटेकामा शुक्रबार सुन ८ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हाजर ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 


प्रकाशित : शुक्रबार, असार ६ २०८२११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend