काठमाडौं- विगत केही दिनदेखि वृद्धि भएको सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ४ सय र चाँदी २५ रुपयाँले घटेकामा शुक्रबार सुन ८ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हाजर ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।