बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य बढ्यो*

बुधबार, असार ४ २०८२
सुनको मूल्य बढ्यो*

यसअघि गएको बैशाख ९ गते पनि सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहँदा नेपाली बजारमा पनि उकालोतिर लागिरहेको छ। मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ। यसअघि गएको बैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

यस्तै बुधबार चाँदी प्रतितोला २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

*यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य अंक फरक परेकाले सच्याइएको


प्रकाशित : बुधबार, असार ४ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend