मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

प्रमुख पर्यटकीय गन्तव्य बन्दै मुस्ताङ, ११ महिनामा ६ लाख ७८ हजार ५ सय ३६ पर्यटक पुगे

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
images
images
प्रमुख पर्यटकीय गन्तव्य बन्दै मुस्ताङ, ११ महिनामा ६ लाख ७८ हजार ५ सय ३६ पर्यटक पुगे

मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ।

images
images

मुस्ताङ- उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो।

images
images
images

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ। मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ।

images
images

यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन्। पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ।

images
images
images

जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ। विगत पाँच वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोबरले पर्यटक संख्या बढेको देखिन्छ।

यसैक्रममा आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी ६ लाख ७८ हजार ५ सय ३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आव २०८०/८१ मा चार लाख ५४ हजार ३ सय २६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए। गत वर्षको तुलनामा चालु आवको ११ महिनामा दुई लाख २४ हजार २ सय १० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।

उनका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी ५ लाख ३९ हजार ८ सय ७२ र विदेशी १ लाख ३८ हजार ६ सय ६४ जनाले मुस्ताङ भ्रमण गरेका छन्। गत वर्षको बाह्र महिनामा स्वदेशी तीन लाख ५४ हजार ९ सय २७ र विदेशी ९९ हजार ३ सय ९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए।

गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो।

चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १७६ र चैतमा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्यांक छ। 

यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए। मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन्।

मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय रहेका छन्। मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य संख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गर्छन्। कुल विदेशी पर्यटकको संख्यामध्ये २० प्रतिशत अन्य मुलुक छन्। यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend