बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

सोमबार, असार २ २०८२
दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको लक्जरी ईभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ।

काठमाडौं- नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ। 

यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन।

यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको लक्जरी ईभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ। 

ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निशुल्क सडक कर पनि पाउने छन्। 

यो योजना दिपल एस ०७, दिपल एस ०७ एल र दिपल एल ०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल बिक्री भइसकेको छ। जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयूडीलगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी बनाएको छ।


प्रकाशित : सोमबार, असार २ २०८२१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend