बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनचाँदीको मूल्य स्थिर

सोमबार, असार २ २०८२
सुनचाँदीको मूल्य स्थिर

चाँदी आज प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा तोलामा चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ।

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँ तोकिएको छ। यो साता आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको छ।

चाँदी आज प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार र यो साता आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, असार २ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend