शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

आइतबार, असार १ २०८२
मधेश प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

बजेटमा महिला कृषि स्वयंसेवा कार्यक्रमलाई निरन्तरता दिनेदेखि माटोको स्वास्थ्य सुधार कार्यक्रममा र धानवाली प्रवर्द्धनमा जोड दिने विषय उल्लेख छ।

काठमाडौं- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको छ। मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभामा बजेट पेस गरेका हुन्।

मधेशमा कुल बजेटमध्ये १६ अर्ब २३ करोड रुपैयाँ चालु खर्चतर्फ र ३० अर्ब २६ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ रहेको छ।

मधेश प्रदेश सरकारले व्यवसायिक कृषि प्रणालीमा जोड दिने र रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। यसैगरी निजी क्षेत्रको सहकार्यमा आर्थिक विकासमा जोड दिने विषय पनि बजेटमा उल्लेख छ।

बजेटमा महिला कृषि स्वयंसेवा कार्यक्रमलाई निरन्तरता दिनेदेखि माटोको स्वास्थ्य सुधार कार्यक्रममा र धानवाली प्रवर्द्धनमा जोड दिने विषय उल्लेख छ।

यसैगरी कृषि पाठशाला स्थापना, एकीकृत जलधार कार्यक्रम, हरित मधेश प्रदेश कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा समावेश गरिएको छ।

यसैगरी बजेटमा श्रमिक किसान केन्द्र स्थापना विस्तार गरिनेदेखि सवारी चालक अनुमतिपत्र प्रदेशबाट नै प्रिन्ट गरिने विषय पनि बजेटमा उल्लेख छ।

यसैगरी बजेटमा मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम, एक निर्वाचन एक सडक र एक निर्वाचन क्षेत्र एक पक्की पुलको कार्यक्रमसमेत समावेश गरिएको छ।

मधेश सरकारले आन्तरिकबाट ९ अर्ब ५० करोड र ससर्त, समानीकरण, विशेष र समपूरक अनुदानबाट १२ अर्ब ६३ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने बजेटमा उल्लेख छ।


प्रकाशित : आइतबार, असार १ २०८२१८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend