काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
जसमा चालुतर्फ १२ अर्ब ६३ करोड, पुँजीगत १९ अर्ब ९ करोड, वित्तीय व्यवस्थापनतर्फ २५ करोड यस्तै वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड रहेको आर्थिक मामिलामन्त्री गुरुङले जनाएका छन्।