बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

होटेल हिमालय सेरेन भ्यूमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

आइतबार, असार १ २०८२
होटेल हिमालय सेरेन भ्यूमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई १५ प्रतिशतसम्म छुट

प्रभु बैंकले देशभर रहेका आफ्ना ३११ शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- पोखरामा रहेको होटेल हिमालय सेरेन भ्यूमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने भएका छन्।

होटेलका सेवासुविधामा विशेष छुट प्रदान गर्नेगरी होटेल र बैंकबीच सम्झौता भएको हो। सम्झौतापत्रमा होटेलका तर्फबाट प्रोप्राइटर अनिल ढकाल र बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले उक्त होटेलको खाना र पेय पदार्थमा १० प्रतिशतका साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन्।

प्रभु बैंकले देशभर रहेका आफ्ना ३११ शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, असार १ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend