बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

आइतबार, असार १ २०८२
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले वृद्धि भएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ९७ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ९७ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आइतबार स्थिर रहेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, असार १ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend