शनिबार, असोज ५ गते २०८१    
images
images

६५ अर्बको इन्धन आयात

images
सोमबार, फागुन २ २०७८
images
images
६५ अर्बको इन्धन आयात

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो।

images
images

वीरगञ्ज- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृिद्ध भएको छ।

images
images
images

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो।

पेट्रोलियममा डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन्। आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख रुपैयाँको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालु आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १७ लाख आठ हजार ५२५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ।

यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो। कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो। चालु आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। 

images

उनले गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताए। 

गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केएल डिजल, सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केएल पेट्रोल, एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केएल हवाई इन्धन र २४ करोड ६६ लाख रुपैयाँको छ हजार १४० केएल मट्टितेल आयात भएको थियो। 

चालु आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको छ लाख १४ हजार ३४८ केएल डिजल, १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केएल पेट्रोल, चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केएल हवाई इन्धन र ३४ करोड ३७ लाखको चार हजार १६० केएल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए। 

उनले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको छ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताए। त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको छ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा सात अर्ब ४९ करोड ४८ लाख रुपैयाँको एक लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालु आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाख रुपैयाँको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, फागुन २ २०७८०९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend