बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

अल्ट्राभायोलेट एफ७७ बाइक २ लाख रूपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने

शुक्रबार, जेठ ३० २०८२
अल्ट्राभायोलेट एफ७७ बाइक २ लाख रूपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने

अफरअनुसार कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ। यसरी बाइक साट्दा १ लाख एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

काठमाडौं- अल्ट्राभायोलेट एफ७७ बाइक अब २ लाख रूपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ। 

नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेसनलले १० लाख ७५ हजार रूपैयाँ मूल्य पर्ने अल्ट्राभायोलेट एफ७७ बाइकमा आकर्षक अफर ल्याएको हो।

अफरअनुसार कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ। यसरी बाइक साट्दा १ लाख एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

त्यसैगरी, २ लाख रूपैयाँमात्र डाउन पेमेन्टको रुपमा सुरुमा रकम बुझाए हुने कम्पनीले जनाएको छ। बाँकी रकम शून्य प्रतिशत ब्याजदरको आधारमा किस्ताबन्दीमा बुझाउन सकिने छ।

अल्ट्राभायोलेट एफ७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक र २९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०७ किलोमिटर रेन्ज पाउन सकिने दाबी छ। साथै मोटरको पावर ४०.२ बीएचपी र टर्क १०० एनएम छ। बाइकलाई ३२३ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ।

बाइकमा तीनवाट राइडिङ मोड, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, राइड एनालिटिक्स, पूर्णत एलईडी लाइट, प्रिलोड एड्जस्टेवल सस्पेन्सन, रिजेनेरिटिभ ब्रेकिङ र डुअल च्यानल एबिएसलगायत फिचर दिइएको छ।

१३४० एमएम लामो ह्विलबेस भएको बाइकमा १६० एमएम ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ भने सिट हाइट ८०० एमएम रहेको छ। ९ भिन्न कलर अप्सनमा उपलब्ध यस बाइकको तौल २०७ किलोग्राम छ।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend