बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्यमा भारी वृद्धि, शुक्रबार एकैदिन प्रतितोला चार हजार दुईसय रूपैयाँले बढ्यो

शुक्रबार, जेठ ३० २०८२
सुनको मूल्यमा भारी वृद्धि, शुक्रबार एकैदिन प्रतितोला चार हजार दुईसय रूपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य चार हजार दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार एकसय रूपैयाँ पुगेको छ।

काठमाडौं- यो साता बुधबारयता निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार पनि भारी वृद्धि भएको छ। 

शुक्रबार सुनको मूल्य चार हजार दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार एकसय रूपैयाँ पुगेको छ।

बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यो साता बुधबार पनि सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको थियो। तीन दिनमै सुनको मूल्य तोलामा ७ हजार एकसय रूपैयाँले बढेको हो।

नेपाली बजारमा बिहीबार तोलामा १५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँ तोकिएको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार एकसय ५० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend