बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ मार्फत यती एयरलाइन्सको टिकट किन्दा पहिलो टिकट नि:शुल्क

बिहीबार , जेठ २९ २०८२
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ मार्फत यती एयरलाइन्सको टिकट किन्दा पहिलो टिकट नि:शुल्क

कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनैपनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रूपैयाँसम्म छुट पाउन सक्नेछन्।

काठमाडौं- ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँग सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ स्किम शुभारम्भ गरेको छ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्तरूपमा कार्ड सार्वजनिक गरेका छन्।

‘ग्लोबल स्काई क्लब कार्ड’ मार्फत पहिलोपटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘नि:शुल्क’ उपलब्ध हुने बैंकले जनाएको छ। त्यतिमात्र होइन, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक-इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्नेछन्।

यसले ग्लोबल आईएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेजसहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ।

ग्लोबल आईएमई बैंकका ग्राहकलाई यस कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकमबराबर क्यासब्याक दिइने बैंकको भनाइ छ। त्यसैगरी, कार्डबाहक ग्राहकले यती एयरलाइन्सको कुनैपनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रूपैयाँसम्म छुट पाउनसक्ने कम्पनीले जनाएको छ।

कसरी फाइदा लिने कार्डबाट?

बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन्। यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ। कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई-कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रूपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ। यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ।

विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा

ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन्। यती एयरलाइन्सका अनुसार चेक-इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ। यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ। बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend