बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

बिहीबार , जेठ २९ २०८२
प्रतितोला १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९ सय रूपैयाँ तोकिएको छ।

यो साता बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने बुधबारको तुलनामा बिहीबार प्रतितोला १५ रूपैयाँले घटेको छ।

बुधबार प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार एकसय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend