काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले वृद्धि भएको छ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९ सय रूपैयाँ तोकिएको छ।
यो साता बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने बुधबारको तुलनामा बिहीबार प्रतितोला १५ रूपैयाँले घटेको छ।
बुधबार प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला दुई हजार एकसय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।