शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

सीजी हिरो मोटोकर्पद्वारा पोखरामा अफरोड ट्रयाक राइडिङ अनुभव प्रदान गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २८ २०८२
images
images
सीजी हिरो मोटोकर्पद्वारा पोखरामा अफरोड ट्रयाक राइडिङ अनुभव प्रदान गरिँदै
images
images

काठमाडौं- सीजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा रहेको 'डर्ट टेम्पल' मा ३ सय भन्दा बढी राइडरहरुको सहभागितामा 'एक्सट्रयाक' ईभेन्ट सम्पन्न गरेपश्चात दोश्रो संस्करण पर्यटनको राजधानी पोखरामा आउँदो ३१ गते शनिबार आयोजना गर्ने भएको छ।

images
images
images

उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङको अविष्मरणीय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ। 

images
images

इभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन्।

images
images
images

कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित 'एक्सट्रयाक इभेन्ट' विहान १० बजेवाट सुरु हुनेछ। यस ईभेन्टमा सहभागिता जनाउन चहानु हुने ईच्छुक महानुभावहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ। सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ। 

ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाईकल उपलब्ध गराइनेछ। साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ। 

उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सीजी हिरो मोटोकर्पले वजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधीमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नुपनि हो। 


प्रकाशित : बुधबार, जेठ २८ २०८२१९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend