बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

कुमारी बैंकका ग्राहकलाई भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म छुट

बुधबार, जेठ २८ २०८२
कुमारी बैंकका ग्राहकलाई भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म छुट

बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

काठमाडौं- कुमारी बैंकका ग्राहककले काठमाडौंको गर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि(गुर्जुधारा ट्रायल सेन्टर) को सेवासुविधामा विशेष छुट पाउने भएका छन्। बैंक र भेहिकल एकेडेमीबीच बैंकका ग्राहकलाई छुट दिनेगरी सम्झौता भएको हो। 

सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय, ठूलोभर्‍याङले सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गराउँदै आएको भेहिकल एकेडेमीमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध हुनेछ।

बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ। बैंकले देशभर रहेका ३०२ शाखा सञ्जालमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend