बिहीबार , जेठ २९ गते २०८२    
बिहीबार , जेठ २९ २०८२
images
images

मुन्दुम पदमार्ग ‘तपोभूमि’का रूपमा विकास हुँदै, ट्रेकिङसँगै योग र ध्यान

images
बुधबार, जेठ २८ २०८२
images
images
मुन्दुम पदमार्ग ‘तपोभूमि’का रूपमा विकास हुँदै, ट्रेकिङसँगै योग र ध्यान

‘यो पूर्वको एक सुन्दर पदमार्ग हो, यो क्षेत्र शान्त र रमणीय पनि छ’ अध्यक्ष बस्नेतले भने, ‘यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ। यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति हुने गरेकाे प्रतिक्रिया दिँदै आउनुभएको छ।’

images
images

भोजपुर- संघीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ। पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो।

images
images
images

प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रबर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए। यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।

images
images

‘यो पूर्वको एक सुन्दर पदमार्ग हो, यो क्षेत्र शान्त र रमणीय पनि छ’ अध्यक्ष बस्नेतले भने, ‘यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ। यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति हुने गरेकाे प्रतिक्रिया दिँदै आउनुभएको छ।’

images
images
images

पदमार्गलाई ट्रेकिङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडकमार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए। यहाँको प्राकृतिक स्वरुपलाई यथावत राख्न पालिका सजक रहेको भन्दै उनले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताए।

पूर्वको एकमात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहाल बताउँछन्। छोटो समयमा यहाँ आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उनको भनाइ छ।

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउँछिन्। मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्था बुझ्न सक्छन्।

साथै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिनेछ। ‘यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो’ उपाध्यक्ष राईले भन्छिन्, ‘हामी यो क्षेत्रको बृहत विकासमा जुटेका छौँ। पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ। गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ।’

पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए। यहाँको हावापानी हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नभइ सन्तुलित छ। साेही कारण पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ-३ का वडाध्यक्ष पूर्णप्रसाद राई बताउँछन्।

बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ। पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ। पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला घाँसे मैदान, चौँरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend