बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

बुधबार, जेठ २८ २०८२
आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।

काठमाडौं- स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीच एससीटी-यूपीआई कार्डका ग्राहकहरूलाई आईएमई ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुनेगरी सम्झौता भएको छ।

यस सम्झौताअनुसार यही जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटलले हिमालय र साके एंड फेंग, तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन्।

रुम महसुलमा भने छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने बताइएको छ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend