बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

तोलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार, जेठ २८ २०८२
तोलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार सुनको मूल्य १३ सय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- यो साता लगातार घटिरहेको सुनको मूल्य बुधबार भने प्रतितोला एक हजार ३ सय रूपैयाँले बढेको छ।

मंगलबार प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ९१ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाली बजारमा यो साता आइतबार तोलामा ३ हजार र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले सस्तिएको थियो। 

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend