काठमाडौं- यो साता लगातार घटिरहेको सुनको मूल्य बुधबार भने प्रतितोला एक हजार ३ सय रूपैयाँले बढेको छ।
मंगलबार प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ९१ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा यो साता आइतबार तोलामा ३ हजार र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले सस्तिएको थियो।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।