बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

लगातार ओरालोतर्फ सुनको मूल्य, आज तोलामा ६ सयले घट्यो

मंगलबार, जेठ २७ २०८२
लगातार ओरालोतर्फ सुनको मूल्य, आज तोलामा ६ सयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्यमा लगातार गिरावट आएको छ। आइतबार तोलामा ३ हजार र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले सस्तिएको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९० हजार रूपैयाँ तोकिएको छ।

यो साता सोमबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने मंगलबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला दुई हजार एकसय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला दुई हजार एकसय ६५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend