बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्यमा सामान्य गिरावट

सोमबार, जेठ २६ २०८२
सुनको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ कायम छ।

यो साता आइतबार सुन प्रतितोला तीन हजार रूपैयाँले घटेर एक लाख ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला दुई हजार एकसय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला दुई हजार एकसय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ २६ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend