काठमाडौं- प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई दोलखाको जिरीमा रहेको होटल यार्शामा विशेष छुट मिल्ने भएको छ।
बैंक र होटलबीच भएको यस सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शामा कोठाका लागि १५ प्रतिशत छुट पाउने छन् भने खाना तथा पेय पदार्थमा ५ प्रतिशतसम्मको छुट मिल्नेछ।
यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ।