बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्स प्रालिमा विशेष छुट

शुक्रबार, जेठ २३ २०८२
सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्स प्रालिमा विशेष छुट

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

काठमाडौं- सानिमा बैंकका ग्राहकलाई ललितपुरको कुपन्डोलस्थित सफायर एस्थेटिक्स प्रालिमा विशेष छुट मिल्ने भएको छ।

बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकले ग्राहकहरुलाई यस किसिमका विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ।

सानिमा बैंकले देशभर रहेका आफ्ना १ सय ३४ शाखा कार्यालय तथा १ सय २७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend