बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

शुक्रबार, जेठ २३ २०८२
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ५० रूपैयाँ तोकिएको छ।

काठमाडौं- यो साता निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ।

बिहीबार प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ७५ रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ५० रूपैयाँ तोकिएको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend