बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'ईबीएल भर्चुअल क्रेडिट कार्ड'

बुधबार, जेठ २१ २०८२
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो 'ईबीएल भर्चुअल क्रेडिट कार्ड'

'ईबीएल भर्चुअल क्रेडिट कार्ड' मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्षरूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकको सहजताका लागि 'ईबीएल भर्चुअल क्रेडिट कार्ड' सेवाको सुरुवात गरेको छ। बैंकले विद्युतीय सेवा विस्तार गर्ने क्रममा जेठ २० देखि यो सेवाको सुरुवात गरेको हो।

'ईबीएल भर्चुअल क्रेडिट कार्ड' मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्षरूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो। बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्।

सो सेवामार्फत न्यूनतम ५० हजार रूपैयाँदेखि अधिकतम ५ लाख रूपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्।

साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २१ २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend