बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

१० लाख रूपैयाँले घट्यो 'जिकर एक्स' को मूल्य, अब ७४ लाख ९९ हजारमै उपलब्ध हुने

मंगलबार, जेठ २० २०८२
१० लाख रूपैयाँले घट्यो 'जिकर एक्स' को मूल्य, अब ७४ लाख ९९ हजारमै उपलब्ध हुने

जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित फाइभ स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ।

काठमाडौं- नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कम्प्याक्ट लक्जरी एसयूभी ‘जिकर एक्स’ ७४ लाख ९९ हजार रूपैयाँमै उपलब्ध गराएको छ।

८४ लाख ९९ हजार रूपैयाँ बजार मूल्य रहेको जिकर एक्स पायोनियर मोटोकर्पले १० लाख कम मूल्यमा उपलब्ध गराएको हो।

‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ नामक यस नयाँ योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्। साथै, एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जरजस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।

कम्पनीका अनुसार जिकर एक्स प्रभावशाली २०० किलोवाट मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ र विद्युतीय सवारीको रमाइलोपन फेरि परिभाषित गर्दछ। यसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ।

जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसईए’ प्लेटफर्ममा आधारित रहेको कम्पनीको भनाइ छ। यसको संरचना ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत बनाउने मात्र होइन, सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ।

जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। साथै ग्रीन एनक्यापबाट फाइभ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ।

गिलि होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स सहरी इलेक्ट्रिक एसयूभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ। यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना, र विशेष स्वामित्व सुविधाहरूका कारण, ग्राहकहरूको लागि अहिले नै जिकर एक्स खरिद गर्ने उत्तम समय बनेको कम्पनीको भनाइ छ।

पायोनियर मोटोकर्पले इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई नजिकको सोरुममा पुगेर जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन आह्वानसमेत गरेको छ।


प्रकाशित : मंगलबार, जेठ २० २०८२१७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend