बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्यमा निरन्तर वृद्धि, मंगलबार प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढ्यो

मंगलबार, जेठ २० २०८२
सुनको मूल्यमा निरन्तर वृद्धि, मंगलबार प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढ्यो

चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार प्रतितोला ५५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। आइतबार तोलामा तीनसय र सोमबार एक हजार रूपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला दुई हजार ९ सय रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार प्रतितोला ५५ रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ २० २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend