काठमाडौं- नेपाली बजारमा आइतबार तोलामा तीनसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँ तोकिएको छ।
यो साता आइतबार सुन प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि सोमबार प्रतितोला ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।