शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

चार दिनमा चार हजार रूपैयाँले घट्यो सुनको मूल्य, बिहीबार पनि ओरालोतिरै

images
बिहीबार , जेठ १५ २०८२
images
images
चार दिनमा चार हजार रूपैयाँले घट्यो सुनको मूल्य, बिहीबार पनि ओरालोतिरै

बिहीबार सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा यो साता निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार पनि ओरालोतिरै लागेको छ। बिहीबार सुनको मूल्य तोलामा एक हजार ५ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ८७ हजार ८ सय रूपैयाँ कायम छ।

images
images
images

यो सातामात्रै सुनको मूल्यमा चार हजार रूपैयाँको गिरावट आएको छ। आइतबार तोलामा १४ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला ७ सय रूपैयाँले घटेको थियो भने मंगलबार दुईसय रूपैयाँले सस्तिएको थियो।

images
images

बुधबार सुनको मूल्य तोलामा १६ सय रूपैयाँले घट्दा प्रतितोला एक लाख ८९ हजार ३ सय रूपैयाँ कायम भएको थियो।

images
images
images

यो साता बुधबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १० रूपैयाँले घटेको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँ तोकिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend