शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदै, कीर्तिमानी आरोहीलाई सम्मान गरिँदै

images
बिहीबार , जेठ १५ २०८२
images
images
७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाइँदै, कीर्तिमानी आरोहीलाई सम्मान गरिँदै

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए।

images
images

काठमाडौं- आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव आरोहणको सम्झनामा विविध कार्यक्रमसहित नेपालमा भव्य रूपमा मनाइँदैछ। सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका थिए।

images
images
images

सरकारले सगरमाथा दिवसलाई विशेष र भव्य रूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरेको छ। बिहान कर्मचारी सञ्चय कोष, ठमेलबाट सुरु भएको प्रभातफेरी वसन्तपुरमा औपचारिक समारोहमा परिणत भएको छ।

images
images

पर्यटनमन्त्री बीरजु पाण्डेका अनुसार, दिवस मनाउन विभिन्न निकायसँग समन्वय र सहकार्य गरिएको छ। गणतन्त्र दिवस र बजेट प्रस्तुतिका कार्यक्रमसँग नजुध्नेगरी समय व्यवस्थापन गरिएको जनाइएको छ। दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रम आयोजना हुँदैछ, जहाँ कीर्तिमानी आरोहीका अनुभव साटासाट र हिमाली पर्यटन तथा जलवायु परिवर्तनका विषयमा बहस हुनेछ।

images
images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा विश्वप्रसिद्ध आरोहीहरूको उपस्थिति रहनेछ भने विभिन्न कीर्तिमानी आरोहीहरूलाई सम्मान गरिनेछ। कार्यक्रमको उद्देश्य साहसिक पर्यटन प्रवर्द्धन गर्नुका साथै हिमाल र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको पर्यटन मन्त्रालयले जनाएको छ।

नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घ र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सहकार्यमा हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको हो। नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा विश्वसम्पदा भएको उल्लेख गर्दै जलवायु परिवर्तनका असरबाट यसलाई जोगाउन सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले लुक्ला विमानस्थललाई ‘तेन्जिङ–हिलारी विमानस्थल’ नामाकरण गर्नु ऐतिहासिक सम्मान भएको टिप्पणी गर्नुभयो।

नेपालमा हाल ५,८०० मिटरभन्दा माथिका १,७९२ हिमाल छन्, जसमध्ये आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल नेपालमै छन्। तीमध्ये ४६१ वटा मात्र आरोहणका लागि खुला गरिएको छ।

सगरमाथा दिवसले नेपालको पर्वतीय पर्यटन, वातावरणीय संवेदनशीलता र भावी पुस्तामा हिमाल प्रतिको मोहलाई बलियो बनाउने विश्वास लिइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend