बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सक्कली टाटा जेन्युइन पार्टसको प्रयोग : सवारीसाधनको सुरक्षा र दिगोपनको ग्यारेन्टी

बुधबार, जेठ १४ २०८२
सक्कली टाटा जेन्युइन पार्टसको प्रयोग : सवारीसाधनको सुरक्षा र दिगोपनको ग्यारेन्टी

टाटा जेन्युइन पार्टसले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्ने कम्पनीको भनाइ छ।

काठमाडौं- नेपालमा व्यावसायिक सवारीसाधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पार्टस् प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ। 

नक्कली पार्टसले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पुर्‍याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यावसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्टसको प्रयोग अनिवार्य बनेको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालिमार्फत सक्कली पार्टस् देशभर उपलब्ध रहेका छन्। 

सक्कली र नक्कली पार्टस् छुट्याउने सजिलो उपाय 

- प्याकेटमा उल्लेख गरिएको कन्ट्री कोड : २०८१२९० वा २०८१२९५ सुनिश्चित गरी
- सक्कली टाटा जेन्युइन पार्टस्मा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ
- थ्रीडी होलोग्राम मा देखिने टाटाको लोगोबाट
- क्यूआर कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
- नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन 

सक्कली पार्टस प्रयोग गर्दाका फाइदा 

टाटा जेन्युइन पार्टसले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरीय सुधार ल्याउन मद्दत गर्ने कम्पनीको भनाइ छ।

सिप्रदी अटोपार्टसको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने 

सिप्रदी अटोपार्टस् प्रालिका नेपालभर रहेका रिटेलस तथा पार्टस् आउटलेटहरूमा सक्कली पार्टस् उपलब्ध छन्। ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कन्ट्री कोड र क्यूआर कोड जाँच गरेर मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend