बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

बुधबार, जेठ १४ २०८२
डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

अभिनेत्री दिव्या रायमाझीसँको सहकार्यले नयाँ पुस्तासँग अझ सशक्तरुपमा जोडिन सहयोग पुग्ने डिशहोमको अपेक्षा छ।

काठमाडौं- इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

डिशहोमको कर्पोरेट कार्यालय भैँसेपाटीमा सम्झौता कार्यक्रममा डिशहोम इन्टरनेटका मुख्य बजार अधिकृत सञ्जयप्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सहकार्यले नयाँ पुस्तासँग अझ सशक्तरुपमा जोडिन सहयोग पुग्ने डिशहोमको अपेक्षा छ।

अभिनेत्री रायमाझीले डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताइन्। उनले भनिन्, 'यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन लाखौँ नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।'

डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट सेवा दिइरहेको जनाएको छ। साथै, 'माई डिशहोम' मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

यस सहकार्यमार्फत डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको छ।


प्रकाशित : बुधबार, जेठ १४ २०८२१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend