बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

सुनको मूल्य निरन्तर ओरालो, आज प्रतितोला १६ सय रूपैयाँले घट्यो

बुधबार, जेठ १४ २०८२
सुनको मूल्य निरन्तर ओरालो, आज प्रतितोला १६ सय रूपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। आइतबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर त्यसयता निरन्तर घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको छ।

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता सोमबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको थियो भने मंगलबार सुन प्रतितोला दुईसय रूपैयाँले सस्तिएको थियो। मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ।

महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, जेठ १४ २०८२११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend