काठमाडौं- यो साता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। आइतबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर त्यसयता निरन्तर घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको छ।
बुधबार सुन प्रतितोला एक लाख ८९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता सोमबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको थियो भने मंगलबार सुन प्रतितोला दुईसय रूपैयाँले सस्तिएको थियो। मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ।
महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।