शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

शिवम् सिमेन्टद्वारा 'नो कम्प्रमाइज'को नयाँ संस्करण सार्वजनिक

सोमबार, जेठ १२ २०८२
शिवम् सिमेन्टद्वारा 'नो कम्प्रमाइज'को नयाँ संस्करण सार्वजनिक

यसअघि सञ्चालन गरिएको 'क्वालिटीको मामलामा नो कम्प्रमाइज' क्याम्पेन अत्यन्तै लोकप्रिय भएको कम्पनीले जनाएको छ।

काठमाडौं- शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन 'नो कम्प्रमाइज'को दोस्रो संस्करण सार्वजनिक गरेको छ।

'नो कम्प्रमाइज' को 'वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुतरूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

स्थापना कालदेखि नै ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् सिमेन्टले गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार 'क्वालिटीको मामलामा नो कम्प्रमाइज', ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराहरूले नै शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको छ।

आफ्नो गुणस्तरको कारणले नै शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलोपटक 'एनएस क्वालिटी अवार्ड २०१९' प्रथम पुरस्कारबाट सम्मानित समेत भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलरझैँ सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो। त्यसपछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रमाइज नगर्ने नीतिलाई प्रतिविम्बित गरिएको छ।

शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीसमेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जानेछन्।

यसअघि सञ्चालन गरिएको 'क्वालिटीको मामलामा नो कम्प्रमाइज' क्याम्पेन अत्यन्तै लोकप्रिय भएको कम्पनीले जनाएको छ। शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभइ सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको कम्पनीको भनाइ छ।


प्रकाशित : सोमबार, जेठ १२ २०८२१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend