शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नायिका तथा उद्यमी अलिशा राईले रोजिन ओमोडा ई-फाइभ

आइतबार, जेठ ११ २०८२
नायिका तथा उद्यमी अलिशा राईले रोजिन ओमोडा ई-फाइभ

ओमोडा ई-फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा गर्न सक्छ। जसले सहर भित्रको यात्रा होस् वा लामो दूरी दुवैका लागि भरपर्दो साथ दिन्छ।

काठमाडौं- चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई-फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छन्। योसँगै उनले विद्युतीय गाडीको यात्रामा पाइला चालेकी हुन्, त्यो पनि नेपाली बजारमै चर्चित इभी मोडलमार्फत्।

‘लुट २’ (२०१७) मा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी अलिशा राई, राई भाषाको फिल्म ‘बिनायो’बाट पनि अत्यधिक रुचाइएकी छन्। अब उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई-फाइभ रोजेकी छिन्। जुन शक्ति, स्टाइल र टिकाउपनको राम्रो संयोजन भएको गाडी हो।

ओमोडा ई-फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमीसम्म यात्रा गर्न सक्छ। जसले सहर भित्रको यात्रा होस् वा लामो दूरी दुवैका लागि भरपर्दो साथ दिन्छ।

यो गाडीले ० देखि १०० किमी/घण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमीरघण्टा छ। जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव दिन्छ। आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषताहरू र आकर्षक डिजाइनसहितको ओमोडा ई-फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ।

जसले अलिशा राईको जीवनशैलीसँग पूर्ण मेल खान्छ। उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीहरूमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रबर्द्धन गर्ने अपेक्षा कम्पनीले गरेकाे छ। ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।


प्रकाशित : आइतबार, जेठ ११ २०८२१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend