शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रभु बैंकका ग्राहकलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा विशेष छुट

आइतबार, जेठ ११ २०८२
प्रभु बैंकका ग्राहकलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा विशेष छुट

यो साझेदारीले बागलुङ पर्यटनको प्रवर्द्धनका साथै बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेड र बागलुङमा रहेको इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ।

रिसोर्टको सेवामा बैंकका ग्राहक तथा कर्मचारीलाई १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो। सम्झौतामा रिसोर्टका महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जनलगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यो साझेदारीले बागलुङ पर्यटनको प्रवर्द्धनका साथै बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ।


प्रकाशित : आइतबार, जेठ ११ २०८२१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend