शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आइतबार, जेठ ११ २०८२
प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि भएको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सय रूपैयाँ तोकिएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार प्रतितोला दुई हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, जेठ ११ २०८२११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend