काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि भएको छ।
आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सय रूपैयाँ तोकिएको छ।
गएको शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार प्रतितोला दुई हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।