शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्यो

शुक्रबार, जेठ ९ २०८२
सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले घट्यो

आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार र बिहीबार लगातार बढेको सुनको मूल्य शुक्रबार तोलामा ११ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँ कायम छ।

यो साता बुधबार सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको थियो भने बिहीबार एक हजार ७ सयले बढेर सुन प्रतितोला एक लाख ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला २० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।

बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend