शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , जेठ ८ २०८२
प्रतितोला एक हजार सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ५ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- बुधबार तोलामा ५ हजार रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार सातसय रूपैयाँले वृद्धि भएको छ। बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ५ सय रूपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो। 

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज तोलामा ३५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रूपैयाँ तोकिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend