शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सीजी मोटर्सद्वारा आयोन भीको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत नियुक्त

बुधबार, जेठ ७ २०८२
सीजी मोटर्सद्वारा आयोन भीको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा राउत नियुक्त

आयोन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ।

काठमाडौं- नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई 'एक्स्ट्राअर्डिनरी आयोन भी' को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ।

साथै, कम्पनीले 'आयोन भी' ब्रान्ड एन्डोर्सर तथा अभिनेत्री राउतलाई उक्त गाडी हस्तान्तरणसमेत गरेको छ। बहुआयामिक क्षमता बोकेको आयोन भीले ईभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको कम्पनको दाबी छ।

सीजी मोटर्सका जीएम-सेल्स, सुशील क्षेत्री भन्छन्, 'हामी वर्षा राउतलाई आयोन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता आयोन भीको पहिचानसँग पूर्णरूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ।'

उनका अनुसार यस गाडीको ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफजस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ। आयोन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्ने उनको भनाइ छ।

अभिनेत्री राउत भन्छिन्, 'आयोन भी केवल गाडी होइन, यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यावहारिकता मेरो जीवनशैलीसँग गहिरोरूपमा मेल खान्छ। मसाज सिट, हिटिङ-कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरूभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु, जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।'

चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित रहेको जनाएको छ। कम्पनीका अनुसार नेपालमा आयोन ईभीएसको एकमात्र आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ।

२० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २ सय ६० भन्दा बढी चार्जिङ स्टेसनहरूमार्फत सीजी मोटर्सले आफ्नो ग्राहक र सरोकारवालालाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : बुधबार, जेठ ७ २०८२१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend