शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन प्रतितोला ५ हजार रूपैयाँले बढ्यो

बुधबार, जेठ ७ २०८२
सुनको मूल्यमा भारी वृद्धि, एकैदिन प्रतितोला ५ हजार रूपैयाँले बढ्यो

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने प्रतितोला ५ हजार रूपैयाँले बढेको छ।

मंगलबार प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ८९ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार तोलामा ६ सय रूपैयाँले बढेर सोमबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार भने सुनको मूल्यमा भारी वृद्धि भएको हो। 

मंगलबार पाँच रूपैयाँले घटेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला ५० रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

चाँदी मंगलबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, जेठ ७ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend