शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

बागलुङमा आन्तरिक पर्यटकको आगमन बढ्दो : आकर्षणमा झोलुंगे पुल, झरना र तीर्थस्थल

images
बुधबार, जेठ ७ २०८२
images
बागलुङमा आन्तरिक पर्यटकको आगमन बढ्दो : आकर्षणमा झोलुंगे पुल, झरना र तीर्थस्थल

मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन्।

images
images

बागलुङ- न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ। पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो।

images
images
images

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारीसाधन देखिने गरेका छन्। पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ। नेपालकै सबैभन्दा लामो झोलुंगे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिकरुपमा वृद्धि भएको छ।

images
images

विराटनगर  र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरु पर्न थालेका छन्। हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ। गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम सङ्ग्रहालयको दर्शन गरेका स्थानीय अर्जुन सापकोटाले जानकारी दिए।

images
images

उनले नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै धेरै पर्यटक आएको बताए। उनले चैते दसैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकामा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको बताए।

'नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम सङ्ग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यसयता बिदाको समयमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ, सदरमुकामबाट जम्मा चार किमीमा रहेको सङ्ग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङसमेत पुग्ने गरेका छन्', उनले भने।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउनेक्रम वृद्धि भएको छ। चैतेदसैँ र बडादसैँमा भीड हुने कालिका मन्दिरमा नयाँ वर्षसहित अन्य दिनमा पनि भीड लाग्न थालेको छ। चैतेदसैँयता ६ लाख पर्यटक भित्रिएका छन्।

पर्यटनका हिसावले बागलुङ राम्रो भन्ने सुनेर सातदिने शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्याएर आएको हेटौँडाका राम मर्हजनले जानकारी दिए। उनले बागलुङको पञ्चकोट, कुडुँलेको शालग्राम सङ्ग्रहालय र कालिका मन्दिर दर्शनका लागि आएको बताए। भ्रमण टोली पोखरा घुमरे बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको उनले बताए।

मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन्। शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल यात्रीले भरिएका व्यवसायी अर्जुन चोखालले बताए। नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो। रासस


प्रकाशित : बुधबार, जेठ ७ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend