शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनएमबि बैंकद्वारा एक्यान सदस्यलक्षित विशेष वित्तीय सेवाहरूको घोषणा

मंगलबार, जेठ ६ २०८२
एनएमबि बैंकद्वारा एक्यान सदस्यलक्षित विशेष वित्तीय सेवाहरूको घोषणा

साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ।

काठमाडौं- एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ। एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ।

यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य-आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेसागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले गरिएको बैंकले जनाएको छ। एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो।

एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्।

साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवाअन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ।

यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेसागत वर्गहरुलाई पहुँचयोग्य तथा दिगो बैंकिङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिविम्ब रहेको बैंकले जनाएको छ।

हाल एनएमबि बैंकले देशभर रहेका आफ्ना २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend