बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

प्रोटोन ईमास सेभेनमा आकर्षक फाइनान्स योजना : ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने, ६० मिनेटमै स्वीकृति

images
मंगलबार, जेठ ६ २०८२
images
प्रोटोन ईमास सेभेनमा आकर्षक फाइनान्स योजना : ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने, ६० मिनेटमै स्वीकृति

कम्पनीका अनुसार प्रोटोन ईमास सेभेनले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइनका कारण लोकप्रियता कमाएको छ।

images
images

काठमाडौं- नेपालमा प्रोटोन सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारी प्रोटोन ईमास सेभेनका लागि आकर्षक फाइनान्स योजना सार्वजनिक गरेको छ।

images
images
images

अब ग्राहकहरूले मात्र ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केवल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन्, जुन नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलोपटक भएको कम्पनीको दाबी छ।

images
images

यस योजनाले विद्युतीय सवारीलाई अझ सहज, सुलभ र किफायती बनाउँदै, प्रोटोन ईमास सेभेनको अपनत्वलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ। जगदम्बा मोटर्सले आफ्नो ग्राहक-प्रथम नीतिअन्तर्गत यस्तो योजना ल्याएको हो।

images
images

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल भन्छन्, 'नेपालमा विद्युतीय सवारीको अपनत्वलाई तीव्र बनाउन प्रतिबद्ध छौँ। वित्तीय पहुँचको बाधा हटाउने र सवारी सुलभ बनाउने हाम्रो मुख्य उद्देश्य हो। यस ६० मिनेटको फाइनान्स स्वीकृति योजना र ४.९९ प्रतिशत ब्याजदरले नेपाली उपभोक्ताहरूलाई सफा, सस्तो र सजिलो विद्युतीय सवारी रोज्न प्रेरणा दिनेछ।'

कम्पनीका अनुसार प्रोटोन ईमास सेभेनले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइनका कारण लोकप्रियता कमाएको छ। यो नयाँ योजनासँगै प्रोटोन ईमास सेभेनको माग अझ बढ्ने अपेक्षा कम्पनीको छ।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend